सरकारमा तीन मन्त्रीको शपथ आज

रास्वपाबाट स्वर्णिम वाग्ले मन्त्री बन्ने पक्का भएन, डीपीलाई सरकारमा पठाउने लामिछानेको निर्णय

सोमबार, फागुन २१, २०८०

काठमाडौं– नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक–एक जना गरी तीन मन्त्रीलाई शपथ खुवाउने भएका छन्। 

एमालेबाट प्रमुख सचेतक पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाबाट उपसभापति डीपी अर्यालले मन्त्रीको शपथ लिन लागेका हुन्। 

बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकका क्रममा तीन नाम दिइएको थियो। यता रास्वपा सभापति रवि लामिछानेले आफ्ना भित्रिया रहेका अर्याललाई मन्त्री पठाउने निर्णय लिए। अर्का उपसभापति स्वर्णिम वाग्ले यस सरकारमा मन्त्री बन्ने नबन्ने पक्का भएको छैन।

यसअघि पनि सरकारमा जाँदा अर्याललाई श्रममन्त्रीको जिम्मेवारी दिइएको थियो। नयाँ गठबन्धनमा रास्वपाले एक राज्यमन्त्रीसहित चार मन्त्रालय पाएको छ। 

सरकारको नेतृत्वमा भने सभापति लामिछाने दलका तर्फबाट जाने चर्चा छ। 
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार