राजनीति

राष्ट्रियसभाको अध्यक्षबारे पार्टीभित्र लिखित निर्णय भएको छैन् : प्रचण्ड

बिहीबार, फागुन १७, २०८०

भरतपुर– प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने बिषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेपनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताएका छन् । 

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सक्ने आफुले केहि समयअघि बताएपनि अहिले घटनाक्रमहरु भिन्न तरिकाले अघि बढेको उनले बताए । 

उनले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको धारणा राखे । त्यस्तै कांग्रेस महासमितिले गठबन्धन गरिदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा बिषय र जनयुद्धको बारेमा बेमौसमको बाजा लगाएतले आशंका उत्पन्न भएको उनको भनाइ छ ।  

त्यस्तै उनले भरतपुर विमानस्थल विस्तार गर्नका लागि संघीय सरकारबाट प्रक्रियागत सवै निर्णय भइसकेको बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार