माधव नेपालको दाबी- राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छ

बिहीबार, फागुन १७, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दाबी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन् ।

उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे । उनले केही समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे । गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्