माओवादी नेता गगन पुरीले दिए पदबाट राजीनामा

मंगलबार, फागुन १५, २०८०

काठमाडौँ– नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष गगन पुरीले पदबाट राजीनामा दिएका छन् । 

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पुरीले विशेष अदालतको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूविरूद्ध अभियोग दर्ता गरेकाले पदबाट राजीनामा दिएको बताए । 

सम्पत्ती शुद्धिकरणको मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै ४ करोड बढी रकम जरिवाना गरेको थियो।

त्यस्तै आइतबार मात्रै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

यस्ताे छ प्रेस विज्ञप्ति  

gagan-puri_fake-communist-leader-in-nepal-1709043457.JPG

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्