Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी तथा मिटरब्याज पीडितद्वारा वार्ता टोली गठन

आइतबार, फागुन १३, २०८०

काठमाडौँ– मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समिति, नेपालले सरकारसँग वार्ता गर्न ९ सदस्यीय वार्ता टोली गठन गरेको छ । 

सहकारी र मिटरब्याज पीडितहरुको तर्फबाट अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको हो ।  

वार्ता टोली गठन भएसँगै आजैबाट सरकार पक्ष र संघर्ष समितिबिच औपचारिक वार्ता सुरु भएको छ ।

यसअघि गृह मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेर मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको थियो । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । 

सहकारी र मिटरब्याज पीडितहरुले सरकारले आइतबारपनि काठमाडौँमा मार्चपास गरेका छन् ।  सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका माग अघि सारेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्