Nic Ad Nic Ad
Nic Ad Nic Ad
उपनिर्वाचन

इलाम र बझाङमा १५ वैशाखमा उपचुनाव

आइतबार, फागुन १३, २०८०

काठमाडौं- इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो।

सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्