शाही कालका मन्त्री पाण्डेको फोन ट्याप गर्न लगाउने प्रधानमन्त्रीबारे भयो खुलासा

शनिबार, फागुन १२, २०८०

काठमाडौं– राजाको शासनकालमा परराष्ट्रमन्त्री बनेका रमेशनाथ पाण्डेले अस्वभाविक प्रभाव देखाउँदै दरबारका सचिवहरूमाथि छिर्कनी लगाउन थालेपछि फोन ट्यापसम्म गरिएको घटनाको उजागर भएको छ। विवेककुमार शाहको नयाँ पुस्तकमा यस्तो खुलासा भएको छ। 

‘दरबारबाट देखेको नेपाल’ नामको पुस्तकमा शाही पाश्र्वर्ती शाहले यस्तो खुलासा गरेका हुन्। पाण्डेको प्रभाव देखेपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले फोन ट्याप गरेर सुनाउनका लागि त्यसबेलाका प्रहरी महानिरिक्षक प्रदीप शमशेर राणालाई आदेश दिएको पुस्तकमा उल्लेख छ। 

दरबारमा प्रभाव पार्नका लागि तत्कालिन दरबारका प्रमुख सचिव रेवतीरमण खनालसँग पाण्डेले सम्बन्ध स्थापित गरेका थिए।

माओवादीलाई दरबारले परिचालन गरेको चर्चाबीच पाण्डेले दरबारलाई मुछ्ने गरी लेखेको लेखको पनि चर्चा चलेको उल्लेख पुस्तकमा छ।

दरबारसँग पाण्डेको सम्बन्ध कसिलो हुन थालेपछि प्रधानमन्त्री देउवा पनि सशंकित भएका थिए।

उनको पुस्तकमा पाण्डे स्वयम् शाहको विरोधमा रहेको विषय पनि उल्लखे छ। तत्कालीन प्रधानमन्त्रीले लोकेन्द्रबहादुर चन्दले नै पाण्डेमाथि निगरानी गर्न लगाएको विवरण उल्लेख शाहले गरेका छन्।

यसअघि शाहले मैले देखेको दरबार भन्ने पुस्तक प्रकाशन गरेका थिए। जसमा दरबार हत्याकाण्डका विषयमा कतिपय विवरण उल्लेख भएको मानिन्छ। 
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्