यस पटक पनि महासमितिमा हिन्दू राष्ट्र पक्षधर कांग्रेसको बहुमत

शुक्रबार, फागुन ११, २०८०

काठमाडौं– भर्खरै सम्पन्न नेपाली कांग्रेस महासमितिको बैठकमा यस पटक पनि हिन्दू राष्ट्र पक्षधरको बहुमत पुगेको थियो। तर, शीर्ष नेतृत्वले उक्त प्रस्तावलाई नजरअन्दाज गरिदिएको छ। 

यसअघिको महासमितिमा पनि बहुमत सदस्यले हस्ताक्षर बुझाएका थिए। तर, त्यसमा छलफल गरिएको थिएन। यो निरन्तरता यस पटक पनि जारी गरेका कारण हिन्दू पक्षधरले आपत्ति जनाएका छन्। 

पूर्वमहामन्त्री तथा नेता डा. शशांक कोइरालाले हिन्दूत्वको विषय नजरअन्दाज गर्न नहुने बताए पनि अन्य नेतृत्व तहले यसबारे चुइँक्क समेत नगरेको नेता शंकर भण्डारीले बताएका छन्।

हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत रहेका भण्डारीले बहुमत सदस्यको लिखित हस्ताक्षरसहित पार्टीलाई बुझाइएको थियो। तर त्यसलाई आत्मसाथ नगरिएका कारण अब बृहत छलफल र परिचालनमा जाने निधोमा भण्डारीलगायत पुगेका छन्। 

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति भन्दा पनि माथि विधान सम्मेलन हुन्छ। संख्याभन्दा धेरैले लिखित रुपमा पूर्ण प्रतिस्पर्धासहित हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षर बुझाइएको थियो। यद्यपि त्यसमाथि सभापति शेरबहादुर देउवाले पनि खासै चासो नदेखाएको गुनासो बढेको छ। 

बेलामौका सत्ता गठबन्धनको बैठकमा सभापति देउवाले यसबारे केही सांकेति प्रश्न उठाए पनि आफ्नै वैधानिक बैठकमा भने हस्ताक्षरलाई समेत किनारा लगाउने काम गरिएको थियो। 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्