एमालेको सातौँ केन्द्रीय समिति बैठक

एमालेकाे बैठक सम्पन्न, २२ बुँदे प्रस्ताव पारित [प्रस्तावसहित]

बिहीबार, फागुन १०, २०८०

काठमाडौँ– विभिन्न २२ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको सातौँ केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । 

बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रका राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको छ ।

एमाले बैठकले पारित गरेका प्रस्तावमा गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा रहेको बेथिति र गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरु संकटग्रस्त बन्दै गएको उल्लेख छ ।

बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ । सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ ।’

बालकुमारी घटना र सर्लाहीको बरहथवा घटनामा युवाको अनाहकमा ज्यान गएको भन्दै एमालेले दुवै घटनाप्रति खेद व्यक्त गरेको छ । दुबै घटनाका दोषीहरूलाई कारबाही मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

‘विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको छ र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरिएको छ, एमालेले भनेको छ । 

‘यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गर्दछ’, एमालेको पारित प्रस्तावमा भनिएको छ । 

यस्तो छ २२ बुँदे प्रस्ताव

Amale-proposal1-1708614279.JPGAmale-proposal2-1708614279.JPGAmale-proposal3-1708614279.JPGAmale-proposal4-1708614279.JPGAmale-proposal-5-1708614278.JPGAmale-proposal-6-1708614278.JPG

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार