कांग्रेसभित्र गठबन्धनको छलफलले कुनै अन्तर पर्दैन : माओवादी केन्द्र

बिहीबार, फागुन १०, २०८०

काठमाडौँ– नेकपा माओवादी केन्द्रले चैत्र १ गतेबाट बिभिन्न अभियान सञ्चालन गर्ने भएको छ ।  

पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

त्यस्तै, माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत खट्ने कार्यकता र नेतालाइ सम्मान गर्ने उनले बताए ।

उनले पार्टी अभियानमा राम्रो गर्नेलाई सम्मानपत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्वन, चेतावनीसम्म हुन सक्ने जिकिर गरे । मधेशमा विश्वासको मत, सिराहा समस्या लगाएतका बिषयमा आगामी बैठकमा छलफल हुने प्रवक्ता सापकोटले जानकारी दिए ।

त्यस्तै उनले कांग्रेसको महासमितिलाई पार्टीले नियालीरहेको भन्दै कांग्रेसभित्रको गठबन्धनको छलफलले कुनै अन्तर नपर्ने जिकिर गरे ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्