पूर्वी इन्डोनेसियामा हेलिकप्टर सम्पर्कविहीन

बुधबार, फागुन ९, २०८०

इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मङ्गलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बुधबार बताएका छन् ।

खोजी तथा उद्धार कार्य जारी छ ।

स्थानीय समयानुसार दिउँसो १ः१६ बजे हेलिकप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो । स्थानीय समयानुसार हेलिकप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको थियो ।

रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकप्टरमा तीन यात्रु सवार थिए । तिनमा दुई पाइलट र एक यात्रु थिए ।

कार्यालयका तीन सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको क्षेत्रमा गइरहेको रहमानले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्