Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रचण्ड–ओली

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता

मंगलबार, फागुन ८, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । उनीहरूबिच सशस्त्र द्वन्द्व पीडितहरुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)बारे कुरा भएको बताइएको छ ।

सरकारविरुद्ध आन्दोलन गर्ने एमालेको चेतावनी र सत्तारुढ गठबन्धनमा खटपटकोबिच शान्ति प्रक्रियाबारे छलफल भएकाे हाे ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार