Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनवरीमा ६०० भन्दा बढी श्रीलङ्काली कृषिका लागि इजरायल प्रस्थान

मंगलबार, फागुन ८, २०८०

जनवरी महिनामा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताएका छन् ।

उनले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्ला गएको बताएका छन् ।

मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जनाकारी दिएका छन्। नानायक्काराले गत

वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिएका छन्।

इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्