कांग्रेस हेर्दाहेदै बुढो भएर एक्लै उभिन नसक्ने अवस्थाम पुग्यो : अध्यक्ष ओली

सोमबार, फागुन ७, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नगरे केहि दलहरुको अस्तित्व समाप्त हुने बताएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले केहि दलहरुलाई अस्तित्व जोगाउन मुस्किल परेको भन्दै उनीहरुले गठबन्धनको साहारा लिइरहेको बताएका हुन् ।

एमाालेको लडाई भने अस्वीत्वका लागि नभई समृद्धि नेपाल सुखी नेपाली बनाउन लडिरहेको उनले बताए । ओलीले कांग्रेस हेर्दाहेदै बुढो भएको र आफ्नो सहारामा एक्लै उभिन नसक्ने अवस्थामा पुगेको तर्क गरे ।  नेकपा फुटेकोमा आफुलाई अपजस लगाउने गरेको भन्दै उनले तत्कालिन अवस्थामा प्रचण्डले निर्वाचन आयुक्तसँग मिलेर सरकार बनाउन नदिने षडयन्त्र गरेको जिकिर गरे ।

ओलीले आफ्नो प्रयासमा पार्टी एकता गरेको र जोगाउने भरपुर कोशीस गरेपनि बाह्य खेलका कारण नेकपा फुटेको बताए । आफुलाई बामपन्थी एकता विरोधी भन्ने भाष्य सिर्जना गर्न गर्न खोजिएको भन्दै उहाले आफु अहिले पनि एकतामा विश्वास गर्ने उल्लेख गरे । यद्यपी एकताका लागि नाजायज माग स्वीकार्य नहुने उनको भनाइ छ ।  

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्