कांग्रेस महासमिति बैठक सुरु

सोमबार, फागुन ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरेका छन् ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ सुरू भएको बैठक फागुन १० गतेसम्म चल्नेछ ।

बैठकमा दुई हजार बढी प्रतिनिधिहरु सहभागी छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्