फिलिपिन्समा पहिरो : मृतकको सङ्ख्या ९८ पुग्यो

शनिबार, फागुन ५, २०८०

मनिला – दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।

क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको जनाकारी अनुसार बेपत्ता अन्य ९ जनाको खोजी कार्य जारी छ ।

फेब्रुअरी ६ को साँझ वर्षात्का कारण गएको पहिरोको चट्टान, माटो र भग्नावशेषले माको शहर नजिकैको खानी फर्ममा कामदारहरू लैजानका लागि प्रयोग गरिएका दुईवटा बसहरू पुर्दा सो दुर्घटना भएको हो । सो दुर्घटनामा ३२ जना घाइते भएका छन् । 

विश्व जोखिम सूचकाङ्क २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्राकृतिक प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्