हिन्दुराष्ट्र स्थापना महाअभियान’ शुभारम्भ

कांग्रेस नेता भण्डारीद्वारा ‘हिन्दुराष्ट्र स्थापना महाअभियान’ शुभारम्भ

शनिबार, फागुन ५, २०८०

काठमाडौं- नेपाली कांग्रेसको समहासमिति बैठक नजिकिएसँगै हिन्दुराष्ट्रबारे बहस तीब्र रुपमा सुरु भएको छ ।

कांग्रेसका २२ जना नेताहरुले केन्द्रीय कार्यासमिति बैठकमा महासमिति बैठकमा हिन्दुराष्ट्रबारे प्रस्ताव पेश गर्न पुरक प्रस्ताव दर्ता गराएका थिए ।

त्यसको नेतृत्व नेता शंकर भण्डारीले गरेका थिए । आज उनै नेता भण्डारीले एक कार्यक्रमको आयोजना गरी सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको शुभारम्भ गरेका छन् ।

महाअभियानमा साथ दिनका लागि उनले काङ्ग्रेसका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू, कार्यकर्ता र शुभेच्छुकहरू माझ आग्रह गरेका छन् । कांग्रेस महासमिति बैठक आगामी फागुन ७ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्