एमालेको केन्द्रीय कमिटीको बैठक आह्वान

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ– नेकपा एमालेले फागुन ८ गतेदेखि केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । 

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामका बारेमा छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । सचिवालय बैठकले केन्द्रीय कमिटीको एजेण्डा तयार गरेको उनले बताए ।

मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लगाएतका बिषयमा पनि केन्द्रीय कमिटीमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिए । बैठकले केही विभागहरुमा मनोनयन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्