दिगो विकास तथा सुशासन समितिकाे बैठक

निर्वाचनलाई थप समावेशी बनाउन केहि ऐनहरु परिमार्जन गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

बुधबार, फागुन २, २०८०

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई थप समावेशी बनाउन केहि ऐनहरु परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले निर्वाचन आउदा समावेशीका कुनै निकै उठ्ने भन्दै निर्वाचनलाई थप समावेशी बनाउन केहि ऐनहरु परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने आयोगको चाहना रहेको र अन्य क्षेत्रमा पनि समावेशी हुनुपर्ने उनले बताए । उनले लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलले आफ्ना एजेण्डा लिएर मतदातामा जानुपर्ने जिकिर गरे । अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको उनकोे भनाइ छ । थपलियाले मतदाता सार्वभौम सम्पन्न भएको र  निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद बिक्रिको कल्पना गर्न नसकिने जिकिर गरे ।

बैठकमा समिति सदस्यहरुले निर्वाचनपछि दलहरुले आयोगसमक्ष प्रस्तुत गर्ने खर्चको परिमाण यथार्थपरक नरहेको बताएका थिए । उनीहरुले संविधानको मर्मअनुसार अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चिता गर्नेतर्फ अघि बढ्न आवश्यक रहेको धारणा राखेका थिए । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्