इमाडोलस्थित घरमा दुई बच्चा मृत भेटिए, चार तलाबाट हामफाल्दा आमाको मृत्यु  

आइतबार, माघ २८, २०८०

काठमाडौं–ललितपुरको इमाडोलस्थित एक घरमा दुई बच्चा मृत भटिएका छन् भने तिनीहरूकी आमा रविना महर्जनले चार तलाबाट हाम फालेर आत्महत्या गरेकी छन्। 

महालक्ष्मी नगरपालिका–४ स्थित घरमा यस्तो घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। ३६ वर्षीया रविना महर्जनले शनिबार दिँउसो ४ तले घरको छतबाट हामफालेपछि उपचारका क्रममा किस्ट अस्पतालमा ज्यान गएको हो।  

आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा बच्चाको ज्यान गएको हो। अचेत अवस्थामा रहेका बच्चाहरूको पनि उपचारका क्रममा ज्यान गएको थियो। 

६ वर्षीय छोरा अश्वेत महर्जन र छोरी रीभा महर्जन मृत्यु भएको छ। श्रीमान बिहानैदेखि घरमा नभएको र सुसाइट नोट समेत फेला नपरेकाले कारण खुल्न सकेको छैन। यस घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्