Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनुषाका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

बिहीबार, माघ २५, २०८०

महेन्द्रनगर- सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ ।

अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ । आगामी फागुन २ गते हुने सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् ।

पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको प्रतिमा बनाउन थालिएको मूर्तिकार रामकुमार मण्डल बताउनुहुन्छ । धनुषाका करिब ४० ठाउँमा मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् ।

धनुषाको तिनकौरीया चोक, यदुकोहा बजार, सबैला बजार, भठियन, वीरेन्द्रबजार, गोदार, ढल्केवर, महेन्द्रनगर, सपही चोक, लक्ष्मीनिया बजार, तरापट्टी बजार, धनुषाधाम, धरापानी, कुर्था बजार, जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, बिन्दही, महुवालगायतका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त देखिएका छान् ।

मूर्तिकार मण्डलले यस वर्षका लागि २७ वटा मूर्ति बनाइसकेका छन् । उनीसँग प्रतिगोटा रु तीन हजारदेखि १५ हजारसम्मका मूर्ति छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्