कोशी प्रदेश नामाङ्कन विवाद 

पहिचानवादीद्वारा सरकारसँग वार्ता गर्न ११ सदस्यीय समिति गठन

बुधबार, माघ २४, २०८०

काठमाडौँ– प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ ।

संयुक्त सङ्घर्ष समितिले बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा पहिचानसहितको प्रदेश १ पुनः नामङ्कन अभियानका अध्यक्ष डकेन्द्र सिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्दबहादुर आङबुहाङ, किरात राई यायोखाका उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई छन् ।

त्यस्तै, समितिमा नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, नेकपा (एस) सम्बद्ध लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादी सम्बद्ध किराती राष्ट्रि मुक्ति मोर्चाका महासचिव अर्जन जम्नेली राई रहेका छन् । 

त्यस्तै, जपसासम्बद्ध लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्रकुमार चौधरी समेत समितिमा रहेका छन् ।

pahichanwadi-1707318867.webp

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्