विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइयो : अध्यक्ष थापा

मंगलबार, माघ २३, २०८०

विराटनगर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप बताएका छन् ।

मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासंग संवैधानिक राजसंस्था राख्ने सहमति भएपनि तत्कालिन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका हुन् ।

मुलुकलाई सनातन हिन्दु राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफुहरुले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । थापाले राजनीतिक दलहरुको अकर्मण्यताका कारण मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएकाले जनताले अवस्था र व्यवस्था परिवर्तन चाहेको धारणा राखे ।

उनले सत्ताको खेलको नियम परिर्वतन नभएसम्म भ्रष्ट व्यावस्था र भ्रष्ट शासनबाट जनताले मुक्ति नपाउने जिकिर गरे ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्