घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार, माघ २१, २०८०

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ९ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्