एमाले संसदीय दलको बैठक आज पनि बस्दै

आइतबार, माघ २१, २०८०

काठमाडौँ - नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ । 

यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले  सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने तयारी छ । 

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्