सेयर बजार ३०.९२ अंकले घट्यो

बिहीबार, माघ १८, २०८०

काठमाडौं - साताको अन्तिम दिन आज पनि बजार ओरालो झरेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.९२ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से २०६७.०१ अंकमा ओर्लिएको छ ।

आज ३०९ कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।

समाज लघुवित्तका लगानीतकर्ताहरुले आज सबैभन्दा बढी ६.१० प्रतिशतले नाफा कमाएका छन् भने सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.४२ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५४ करोड १ लाख ८४ हजार १ सय ८६.५० रुपैयाँ बराबरको कारोबार भएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्