सत्ता गठबन्धन दल

सत्ता गठबन्धनको निष्कर्ष: कोशीको ‘फ्लोर क्रस’ गम्भीर र चिन्ताजनक 

मंगलबार, माघ १६, २०८०

काठमाडौँ– सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक बिषय भएको जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दल बैठकले राष्ट्रियसभा निर्वाचनको  परिणामाका बिषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको भोटक्रस गम्भीर चिन्ताजनक बिषय भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलको एक सिट गुमाएको बिषय र अन्य प्रदेशको नजिताका बिषयमा छलफल भएको जानकारी दिए । कोशी प्रदेशको नतिजाका आधारमा गठबन्धनभित्र कुनै प्रतिकुल प्रभाव नपार्ने उनले बताए । कोशीको बिषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको बिषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष चयनका बिषय, राजनीतिक एजेण्डा लगाएतका बिषयमा पछि छलफल हुने लेखकले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्