अहिलेकै अवस्था रहे ५ बर्षपछि डाक्टर र नर्स पाइदैन : स्वास्थ्यमन्त्री बस्नेत

सोमबार, माघ १५, २०८०

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री बस्नेतले दक्ष जनशक्तिको अभावमा स्वास्थ्य सेवामा प्रभाव परेको भन्दै स्वास्थ्यकर्मीको उत्पादनमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले अहिलेकै अवस्था रहने हो भने पाँच बर्षपछि डाक्टर र नर्स पाउने अवस्था नदेखिएको भन्दै नीतिगत कमीकमजोरीलाई सुधार गरेर दक्ष जनशक्ति उत्पादन गर्ने जानकारी दिए । उनले गरिव र विपन्नहरुलाई निशुल्क स्वास्थ्य सेवा सुरु गरिसकेको र यसलाई प्रभावकारी रुपमा देशव्यापी बनाइने बताए । निशुल्क बेडमा सम्बन्धीत अस्पतालले सेवा दिन कठिनाई भए त्यसको भरपाई मन्त्रालयले गर्ने उनको भनाइ छ ।

त्यस्तै मन्त्री बस्नेतले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई प्रतिष्ठानको रुपमा बिकास गर्र्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्