राष्ट्रिय सभा

राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बन्यो माओवादी

बिहीबार, माघ ११, २०८०

काठमाडौँ–  राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । 

१९ सिटका लागि भएको राष्ट्रिय सभाको निर्वाचन आज सम्पन्न भएसँगै माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको हो ।

आजको निर्वाचन परिणामअनुसार सातै प्रदेशबाट १९ सिट मध्ये सत्ता गठबन्धनका नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका तीन तथा नेकपा एमाले र जसपाका समान एक सांसद निर्वाचित भएका छन् ।  निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ ।

यसअघि राष्ट्रिय सभामा माओवादीबाट उपाध्यक्षसहित १५ जना सदस्य रहेका छन् । आगामी फागुन २० मा ३ जना बिदा हुँदैछन् । आजको निर्वाचनमा थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा अब माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो ।

त्यस्तै, हाल राष्ट्रिय सभामा कांग्रेसका १० सांसद छन् । जसमा ४ जना आगामी फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा आजको निर्वाचनबाट १० जना थपिएपछि राष्ट्रिय सभामा काँग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्