राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका सिटौला निर्वाचित

बिहीबार, माघ ११, २०८०

काठमाडौँ- कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । उनले एमाले राप्रपा गठबन्धनबाट उमृेद्वार भएका उद्धव पौडेललाई पराजित गरेका हुन् । राष्ट्रियसभा 

सत्ता गठबन्धनबाट साझा उम्मेदवार सिटौलाले पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।

कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए । उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्।

राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्