राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभामा मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

बिहीबार, माघ ११, २०८०

जनकपुरधाम- राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् ।

निर्वाचित ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख/उपप्रमुखले मतदान गरेका छन् भने चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुखरउपप्रमुखले मतदान गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्