बालेनले बहिष्कार गरे राष्ट्रिय सभा निर्वाचन

बिहीबार, माघ ११, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् ।

मेयर बालेन कार्य व्यस्तताको कारण मतदान गर्न नगएको उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी छ । उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्