बहुमत पुग्ने अवस्था नरहेकाले गठबन्धन गर्नुपरेको हो : सभापति देउवा

बुधबार, माघ १०, २०८०

स्याङ्जा– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधान अनुसार एउटै पार्टीको मात्रै एकल बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।

काँग्रेस स्याङ्जा जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै कुनै पार्टीको एकल बहुमत नआउने अवस्थामा गठबन्धन गरेपछि आफूहरू मिलेर बसेको बताउँदै सो कुरा बताएका हुन् । 

सभापति देउवाले भने, ‘अहिले धेरै साथीहरू किन अरु पार्टीसँग मिल्ने भन्छन् अहिलेको संविधान अनुसार कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । समानुपातिक र समावेशी व्यवस्था छ । सबैलाई राजनीतिमा ल्याउनुपर्छ । चुनाव जित्न नसक्नेहरूलाई समानुपातिक समावेशी सिद्धान्तबाट ल्याउनुपर्छ ।’

एउटै पार्टीको बहुमत आउन गाह्रो भएपछि कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता बनेको बताए । उनले भने, ‘गठबन्धन हाम्रो बाध्यता हो । अहिले गठबन्धनको सरकार बनेको छ । हामीलाई त्यस्तो कुनै समस्या छैन । मिलेर बसेका छौँ भोलिका दिनमा मिलेर अगाडि बढ्ने ठाउँ छ ।’

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्