मधेशमाथिको अन्याय अन्त्य हुनुपर्छ : अध्यक्ष ठाकुर

बुधबार, माघ १०, २०८०

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथिको अन्यायको अन्त्य हुनुपर्ने बताएका छन् ।

स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुन्यतिथिको अवसरमा पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशमा बिभिन्न प्रकारको बिभेद हुनेगरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका हुन् ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवै जनताहरुलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले सबै जनताहरुले समान अधिकार पाउन सकेमात्रै पूर्ण लोकतन्त्रको आभाष हुने जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्