राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा 

बुधबार, माघ १०, २०८०

काठमाडौँ– बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । 

यसै क्रममा कोशी प्रदेशमा मतदानस्थल लगायत सम्पुर्ण प्रकृया तयारी भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । 

निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको बताए । त्यसैगरी, मतदान सकिएपछि मतगणना गरिने उनले बताए ।

हेमबहादुर बुढाथोकी प्रवक्ता निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेश ।

कोशी प्रदेशमा एक महिला र एक अन्य गरि २ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सदस्य निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ गरि ३६७ जना मतदाता रहेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतदभार १९ रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार