एमालेले सरकारलाई बुझायो जनताका ७५१ माग सहितकाे ज्ञापनपत्र

मंगलबार, माघ ९, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको एमाले प्रतिनिधिमण्डलले ध्यानाकर्षण बुझाएको हो । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रापछि जनताका सुझाव र पार्टीले अनुभूत गरेका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ वटा क्षेत्रका प्राप्त भएका ७५१ वटा मागहरु प्रधानमन्त्रीलाई बुझाइएको छ ।

प्रधानमन्त्रीले प्राप्त मागहरू ‘दराजमा नथन्काएर’ कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए ।

सो ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्