Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको खातामा १ करोड ८० लाखको चेक डिपोजिट भएपनि रकम अपुगका कारण क्यान्सिल भयो : बैंक

सोमबार, माघ ८, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा चेकमार्फत एक करोड ८० लाख डिपोजिट भएपनि खातामा रकम अपुगका कारण चेक क्यान्सिल भएको बैंकले जानकारी दिएको बताए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले ग्लोबल आइएमई बैंकले  दिएको पत्र सार्वजनिक गर्दै आफ्नो खातामा चेकमार्फत एक करोड ८० लाख डिपोजिट भएपनि खातामा रकम अपुगका कारण चेक क्यान्सिल भएको बताएका हुन् ।

उनले पत्रकार सम्मेलनको अन्त्यमा उनले यो पत्रबारे चर्चा गरिदिन मिडियासँग विशेष आग्रहसमेत गरे । लामिछानेले बैंकलाई आफूले सोमबार नै विवरण माग गरेको तर बैंकले गत असोज २२ को मिति राखेर त्रुटि गरेको पनि बताए ।

बैंकको पत्रको व्यहोरा अनुसार रविको खातामा १ करोड ८० लाखको डिपोजिट भएको प्रमाणित हुन्छ । तर, चेकमार्फत जम्मा गरिएको रकम ईसीसी अर्थात इलेक्ट्रोनिक चेक क्लियरिङमा पठाउँदा ‘इनसफिसियन्ट ब्यालेन्स’ अर्थात खातामा रकम अपुगका कारण चेक क्यान्सिल भएको उल्लेख छ ।

आखिर बैंकले रविलाई दिएको पत्रमा के भनिएको छ ?

GBIME_rabi-1705930577.jpg

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्