सुनको मूल्य ४ सय रुपैँयाले बढ्यो

आइतबार, माघ ७, २०८०

काठमाडौँ- नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैँयाले बढेको हो ।

शुक्रबार तोलाको एक लाख १८ हजारमा कारोबार भएको छापावाल सुन आइतबार तोलाको एक लाख १८ हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलाको एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोही सुन अघिल्लो दिन एक लाख १७ हजार ४५० मा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्