सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

शुक्रबार, माघ ५, २०८०

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो(बिहीबार) तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । हिजो १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्