एकीकृत समाजवादीकी नेत्रीको प्रश्न– के सन्दीपचाहिँ बलात्कृत भएनन्?

मंगलबार, माघ २, २०८०

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य चुनु केसी खड्काले सन्दीप लामिछाने प्रकरणमा टिप्पणी गरेकी छन्। 

उनले भनेकी छन्,‘देशमा बहस चलाउन जरुरी छ! के सन्दीपचाहिँ बलात्कृत भएनन्?’

गौशाला २६ लाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ बर्ष जेल सजाय सुनाएपछि चलेको बहसमा नेत्री खड्काले पनि टिप्पणी गरेकी हुन्। 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भनाईप्रति सहमति जनाउँदै उनले भनेकी छन्,‘माननीय चन्द्र भण्डारीज्युको सन्दीपबारे अभिव्यक्तिमा म सहमत छु। र मेरो विचारमा पनि प्रेम र बलात्कारको परिभाषा फरक  हो। प्रेम स्वतन्त्र छ जोसँग पनि र जहिले पनि हुन सक्छ।’

खड्का अगाडि भन्छिन्,‘तर बलात्कार भनेको इच्छाबिपरित शारीरिक सम्बन्ध राख्नु मात्रै हैन, एकले अर्काको इच्छाबिपरित, भावनाबिपरित चित्त दुखाउनु हो। त्यसैले सबैले बुझ्नु जरुरी छ। त्यहाँ प्रारम्भिक रुपमा प्रेम थियो, आकर्षण थियो।’

खड्काले सन्दीपप्रति सहानुभूति जनाउँदै प्रश्न गरेकी छन्,‘जब चित्तबुझ्दो नभएपछी बलात्कार भनियो। के सहमतिमा जे पनि हुने अनि चित्तबुझ्दो नभएपछि  बलात्कार हुने? यो कानुलाई संशोधन गर्नुपर्ने देखियो। दोषी सँधै केटा हुन्छन्? केटी हँुदैनन्? हामी कस्तो समाजको निर्माण गर्दैछौ?’
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार