प्रधानमन्त्रीकाे सचिवालय

प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट १३ जना हटाइयो, कस–कसको जागिर गयो?

मंगलबार, माघ २, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन् । 

स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई हटाएको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सूचीत गरिएको छ। प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले पत्र लेखेर १३ जना हटाएको जानकारी कार्यालयलाई दिएका छन्। 

माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक हटाइएको छ। 

प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए। प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा पनि स्वीकृत भएको थियो। 

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा छोरी गंगा दाहालसहितका अन्यचाहिँ कायम रहेका छन्। 

को–को हटे सूची यस्तो छ

419715141_888184606014057_7471217536960850956_n_DLPQgyg7C9-1705392378.jpg

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्