सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार, माघ २, २०८०

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ ।

सोमबार प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्