संविधानले दिएको अधिकार महिलाले लिन सक्नुपर्छ : उपसभामुख राना

सोमबार, माघ १, २०८०

उदयपुर– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरुले लिन सक्नुपर्ने बताएकी छन् ।

सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे संकराती बिशेष कार्यक्रमलाइ सम्बोधन गर्दै उपसभामुख मगरले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताएकी हुन् । 

अहिले संविधानमा ३३ प्रतिशत महिलाको ब्यबस्था गरिएको भएपनि सबै महिला रबरस्टाम जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको उनले बताइन् । उनले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैले लडेर ल्याउनुपर्नेमा जोड दिइन् । उपसभामुख रानाले संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै बर्ग सबै समुदाय एक भएर लड्नुपर्ने जिकिर गरिन् ।

उदयपुरमा मगर संघले माघी अर्थात मगर संकरातीको उपलक्षमा हुर्रा नृत्य देखि विविध कार्यक्रमको आयोजना गरेर पर्व मनाएका थिए भने किरात समुदायले शुभकामना आदानप्रदानलको कार्यक्रमको आयोजना गरेर यलेसम्वत ५०८४ मनाएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्