३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

सोमबार, माघ १, २०८०

काठमाडौं- साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा करोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्