रास्वपा सांसद श्रेष्ठले सार्वजनिक गरे एकवर्षे कार्यप्रगति प्रतिवेदन

आइतबार, पुस २९, २०८०

काठमाडौँ– सांसद विराजभक्त श्रेष्ठले सांसदको रूपमा एकवर्षे कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपनेता एवं काठमाडौँ आठका सांसद श्रेष्ठले संसद र निर्वाचन क्षेत्रमा गरेका कामलाई प्रतिवेदनका रूपमा श्रेष्ठले सार्वजनिक गरेका हुन् । 

एक वर्षको अवधिमा वातावरण र सम्पदा संरक्षणका मुद्दालाई प्राथमिकतामा राखेको श्रेष्ठले सार्वजनिक गरेको कार्यप्रगति प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिका–१५ मा  लिंकरोड, करिडोरमा हरियाली पार्क संरक्षणका लागि पर्खालको निर्माण कार्य भइरहेको श्रेष्ठले कार्यप्रगतिमा उल्लेख गरेका छन् ।

क्षेत्रमा यो एक वर्षको अवधिमा सम्पदा मार्ग प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले प्रतिवेदनमा समावेश गरेका छन् । महानगरका वडा नम्बर १३ र १५ वडा जोड्ने सिमाना मार्ग नेपाली सेनासँग समन्वय गरी बाटो विस्तार भएको प्रतिवेदनमा जनाइएको छ ।

चागलमा वर्षौंदेखि डुबानको समस्या समाधान, छाउनीमा खानेपानी पाइप बिछ्याउने कार्यमा पहल, विष्णुमती करिडोरमा हरियाली पार्कमा चिल्ड्रेन पार्क योजना लगायतलाई कार्य प्रगति विवरणमा समावेश गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार