प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई

आइतबार, पुस २९, २०८०

काठमाडौँ– यस बर्षको प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गरिएको छ । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरेको हो ।

त्यस्तै प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानले पहिलोपटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्