फागुनमा माओवादीको विधान सम्मेलन

आइतबार पुस २९, २०८०

काठमाडौं - नेकपा माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भएको बताए । उनका अनुसार त्यसका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको छ । अर्को, स्थायी समिति बैठक माघ २६ गते बस्ने निर्णय भएको पनि उनले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्