राजनीति

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने

शनिबार, पुस २८, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भएकाे छ ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्