Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाउपा अध्यक्षमा रेशम चौधरीः जेठी पत्नीको पद खुस्कियो, कान्छीले दिइन् बधाई!

शनिबार, पुस २८, २०८०

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित हुँदा कतिपय कानुनी र नैतिक प्रश्न एकातिर छन्। अर्कातिर उनको पारिवारिक असन्तुष्टि समेत देखिएको बताइन्छ। 

पार्टीको संस्थापक अध्यक्ष रहेकी जेठी पत्नी रञ्जिता श्रेष्ठ महाधिवेशनपछि जिम्मेवारीमुक्त भए पनि कुनै पदमा अटाएकी छैनन्। उनी अब नाउपाको एक सांसद र मन्त्रीका रुपमा मात्र सीमित भइन्। पार्टीमा जिम्मेवारी दिने विषयमा छलफल भइरहेको बताइन्छ। 

तर उता रेडियो चलाएर बसेकी कान्छी पत्नीले भने चौधरीसँगको तस्बिर राख्दै बधाई दिएकी छन्। रेशम निर्विरोध अध्यक्ष भएपछि उनले सामाजिक सञ्जालमा जोडीको तस्बिर राख्दै लेखिन्,‘बधाई छ हजुर!’
 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्