जसपाले जेठ अन्तिममा महाधिवेशन गर्ने

शुक्रबार, पुस २७, २०८०

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ ।

शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्